

धादिङ । धादिङमा भोलिदेखि जिल्ला स्तरीय अन्तरपालिका टी-२० क्रिकेट सुरु हुँदैछ।
जिल्ला क्रिकेट संघ धादिङको आयोजनामा भोलिदेखी बेनीघाट रोराङ गाउँपालिकाको विशालटार खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ८ पालिकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा नीलकण्ठ, धुनीबेशी, गजुरी, र गल्छी गाउँपालिका समावेश छन् ।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेल बेनीघाट रोराङ र त्रिपुरासुन्दरीबीच हुनेछ ।त्यस्तै दोस्रो खेलमा ज्वालामुखी र सिद्धलेकबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
क्रिकेट खेलमा धादिङलाई अब्बल बनाउन प्रतियोगिताको आयोजना गरिएको जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो ।
यस्ता प्रतियोगिताले धादिङको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उहाँको भनाई छ।‘धादिङमा विभिन्न चरणमा हामीले क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएका छौ’ उहाँले भन्नुभयो- ‘त्यसले स्थानीय स्तरमा खेलाडी उत्पादनदेखि लिएर प्रदेश र राष्ट्रिय स्तरमा खेल्न सक्ने वातावरण सिर्जना गर्नेछ ।’
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता बैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |