

नेपाल पत्रकार महासंघ धादिङले सरकारी कार्यालयहरूले सूचना विज्ञापन सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशन-प्रसारण गर्नुपर्ने निर्णयको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
महासंघले उक्त परिपत्र तत्काल खारेज गर्न, विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चार माध्यममा न्यायोचित रूपमा वितरण गर्न माग गरेको छ।
यो निर्णयले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रण गर्ने भन्दै महासंघले आपत्ति जनाएको छ। साथै संघीयताको मर्मविपरीत भएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई पनि अस्वीकार गर्न आग्रह गरिएको छ।
महासंघले मिडियामैत्री नीति अवलम्बन गर्न सरकारलाई चेतावनी दिँदै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको रक्षा गर्न प्रतिबद्धता जनाएको छ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |