

अखिल (क्रान्तिकारी) जिल्ला समिति धादिङले एसईई परीक्षा दिएर बसेका बिद्यार्थीलाई निःशुल्क एआई सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ ।
विद्यार्थीहरूको खाली समयलाई सिर्जनशील ढंगले उपयोग गर्ने उद्देश्यले निःशुल्क तालिम सुरु गरिएको अखिल (क्रान्तिकारी) धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले जानकारी दिनुभयो।
तालिमको नेकपा धादिङका नेता पुष्प विक्रम मल्लले उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उहाँले आधुनिक प्रविधिको ज्ञान आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले विद्यार्थीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको छ । वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
तालिममा सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञानसँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, यसको महत्व तथा व्यावहारिक उपयोगबारे जानकारी दिइने जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |