

धादिङ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति २०६१ वैशाख १२ गते तत्कालीन साविक खरी गाविस–४ मा भएको हत्या घटनामा संलग्न फरार प्रतिवादी ४४ वर्षीय बुधे अर्गुले राना मगर भन्ने बुद्ध बहादुर राना मगरलाई पक्राउ गरिएको हो ।
२०६१ वैशाख १२ गते बेलुका साविक खरी गाविस–४ निवासी यम बहादुर विकको घरमा पञ्चावली पूजाको निम्तो मान्न गएका लुद्र बहादुर फ्याली मगरमाथि समूहगत आक्रमण भएको थियो ।
घटनामा यम बहादुर अर्गुले राना मगर, डुडु भन्ने रवि बराल, डल्ले भन्ने होम बहादुर राना मगर, रुद्र बहादुर अर्गुले राना मगर, बुधे अर्गुले तथा बेलौटे अर्गुले राना मगर लगायतले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।
ज्यान सम्बन्धी कसुरमा संलग्न भई फरार रहेका बुद्ध बहादुर राना मगरलाई प्रहरीले मिति २०८३ वैशाख ३१ गते नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
पक्राउ परेका राना मगरलाई शुक्रबार जिल्ला अदालत धादिङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |