

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२ होवाङबाट दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले होवाङ क्षेत्रमा खानतलासी अभियान सञ्चालन गरेको थियो ।
प्रहरीले स्थानीय २८ वर्षीय विराज तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
त्यस्तै सोही ठाउँका २८ वर्षीय सानो कान्छा तामाङको घरमा शंकाको आधारमा गरिएको खानतलासीका क्रममा अर्को एक थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बरामद भएका दुवै बन्दुक नियन्त्रणमा लिई प्रहरीले दुवै जनालाई तत्काल पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका विराज तामाङ र सानो कान्छा तामाङविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |