

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टार स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधाममा नृसिंहधाम पुरुषोत्तम महा–महोत्सव सुरु भएको छ ।महोत्सवको शुक्रबार बागमती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।
वैदिक सनातन परम्परा अनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित नृसिंहधाममा पुरुषोत्तम महिनाको अवसर पारेर एक महिने महोत्सव शुक्रबारदेखि सुरु भएको हो ।
स्कन्द र वराह पुराणमा समेत उल्लेखित नृसिंहधाम भगवान् नृसिंहदेव प्रकट भई दिव्यलिला गरेको पवित्र भूमिका रुपमा परिचित छ ।
पिठाधिश् डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारीका अनुसार परापूर्वकालदेखि नृसिंहधाम क्षेत्रमा विशेष धार्मिक महोत्सव गरिदै आएको छ। ‘विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको १०८ तीर्थयज्ञ कार्यक्रमको पूर्णआहुति समेत पुरुषोत्तम महिनामा नृसिंहधाममा गरिनेछ ।
गोत्र अनुसार बनेका २८ वटा हवन कुण्डमा गोत्र अनुसारका विशेष पूजा, हवन तथा धार्मिक अनुष्ठान गरिने उहाँले बताउनुभयो ।
नृसिंहधाम क्षेत्रमा उत्खननका क्रममा सिक्का, इँटा र ढुङ्गा जस्ता प्राचिनकालका अवशेषहरु भेटिएकोे पिठाधिश् ब्रह्मचारीले बताउनुभयो । ‘पुरातात्विक विभागले पनि अनुसन्धान गर्दै आएको छ । नृसिंहधाम यहाँका स्थानीयहरुले २५ वर्ष अघि पनि पुर्ननिर्माण गरेका थिए’ उहाँले भन्नुभयो- ‘ नृसिंहधाम २०७२ सालको गोर्खा भुकम्पले भत्किएपछि करिव साढे १५ करोडको लगानीमा हाल निर्माण भई रहेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका, छिमेकी पालिकाहरु तथा दानदक्षिणा मार्फत उठेका रकमहरुबाट पुर्ननिर्माण भइ रहेको छ। बन्दै गरेको नृसिंहधाम बुढीगण्डकी जलविधुत आयोजना भित्र पर्ने भन्दै सांस्कृतिक धरोहरका रुपमा रहेको धाम जोगाउन बागमती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बहादुर बानियाँलाई स्थानीयले आग्रह गर्नुभएको छ।
पानीमूनि भएपनि संरक्षण गरि ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा अघि बढाउन उनीहरुले अनुरोध गर्नुभएको हो। एक महिनासम्म चल्ने महा–महोत्सवमा ईश्वरकृष्ण महाराज, पिठाधिश् डाक्टर श्रीवास कृष्णदास ब्रह्मचारी, राधिका दास लगायतले प्रवचन दिने कार्यक्रम रहेको छ ।
महोत्सव अवधिभर २० लाख भक्तजनले अवलोकन तथा दर्शन गर्ने अनुमान गरिएको आयोजनकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |