

धादिङ । बागमती प्रदेश सरकारका मूख्य मन्त्री इन्द्र बहादुर बानियाँले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाम बुढीगण्डकी जलविधुत आयोजना जलाशय भित्र पर्यापर्यटन तथा धार्मिक स्थल बन्ने बताउनुभएको छ ।
शुक्रबार एक महिने महा–महोत्सवको उद्घाटन समारोहको सम्बोधन गर्दै मूख्यमन्त्री बानियाँले सरकारले लगानी गरिरहेको नृसिंहधामलाई जलाशयभित्र सिसामा राखेर लिफ्टसहितको ऐतिहासिक धार्मिक स्थल बनाउन पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘नृसिंहधाम नेपालको उर्जासँग जोडिएको स्थल हो ।
मानव सभ्यतालाई उर्जा दिने नृसिंहधाम उर्जा उत्पादनसँगै बागमती प्रदेशको प्राचिन सभ्यता, संस्कार सत्य र मर्यादासँग जोडेर जलाशयभित्रको धार्मिक स्थल बन्नेछ ।
’मूख्य मन्त्री बानियाँले नृसिंहधाम संरक्षण तथा प्रवर्धनका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउनुभयो ।
उहाँले आउँदो निति कार्यक्रम तथा बजेटमा बहुवर्षे योजना बनाई डिपिआर गरेर उर्जा उत्पादन गर्दा आध्यात्मिक स्थलको रुपमा व्यवस्थित गरि पर्यटन प्रवर्धन, जलाशयभित्र पर्यापर्यटनसँगै धार्मिक जोडेर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |