

धादिङ । सिद्धलेक गाउँपालिकामा पालिका अध्यक्ष परशुराम खतिवडासँग सम्बन्धित एक विवादास्पद भिडियो सार्वजनिक भएको छ।
उक्त भिडियो सार्वजनिक भएपछि स्थानीय तहको सुशासन, पारदर्शिता र ठेक्का प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।
१ मिनेट ३३ सेकेण्ड लामो उक्त भिडियोमा अध्यक्ष खतिवडा पालिकाको ठेक्कापट्टा, इस्टिमेट र मूल्याङ्कन प्रक्रियाका विषयमा आक्रोशित रूपमा प्रस्तुत भएको देखिन्छ ।
भिडियोमा उनले आफूले भनेअनुसार काम नगरे कर्मचारीलाई “झोला बोकाएर पठाइदिने” तथा फरक व्यक्तिलाई ठेक्का दिए “गाला चड्काइदिने” चेतावनी दिएको आवाज सुनिएको छ ।
घटनापछि स्थानीय तहमा हुने भनिएको ‘ठेक्का सेटिङ’, कर्मचारीमाथिको राजनीतिक दबाब र प्रशासनिक हस्तक्षेपबारे चर्चा चुलिएको छ ।
स्रोतहरूका अनुसार केही कर्मचारी नियमअनुसार काम गर्न खोज्दा सरुवा र मानसिक दबाबमा पर्ने गरेका आरोपसमेत उठेका छन् ।
यसअघि पनि अध्यक्ष खतिवडा पत्रकार र सञ्चारमाध्यमप्रति आक्रामक बनेको आरोप लाग्दै आएको छ ।
शिक्षक सरुवा सम्बन्धी समाचार प्रकाशन भएपछि केही पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघ धादिङले विरोध जनाएको थियो।
भिडियो सार्वजनिक भएसँगै यसको सत्यता, सार्वजनिक खरिद प्रक्रियामा हस्तक्षेप भएको वा नभएको तथा कर्मचारीमाथि दबाबको विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सङ्घीय मामिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गर्नुपर्ने आवाज समेत उठेको छ ।
पछिल्लो समय प्रविधिको विकाससँगै भ्रष्ट र अनैतिक काम गर्नेहरूले आफ्ना गल्ती ढाकछोप गर्न “एआई ले बनाएको ‘डीपफेक’ वा फेक भिडियो” भन्दै उम्किने प्रवृत्ति बढेको छ ।
सिद्धलेकका स्थानीयहरूका अनुसार आफ्नै बोली र दृश्य छर्लङ्ग भएको यो भिडियोबाट बच्न पनि अध्यक्ष खतिवडाले “यो मेरो एआई निर्मित फेक भिडियो हो” भन्दै भ्रम छर्ने र कानुनी कारबाहीबाट पन्छिने सक्ने छन् ।
यस अघि सेवाग्राहीलाई गाली गरेको विवादित भिडियो सार्वजनिक हुँदा उनले आंफुले नवोलेको भन्दै पन्छिन खोजेका थिए ।
अध्यक्ष खतिवडा आफ्ना कमजोरी लुकाउन र आलोचना गर्नेहरू विरुद्ध निकै अनुदार बन्ने गरेका छन् ।
उनी प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकप्रति सधैँ अनुदार रहँदै आएका छन् ।
गत वर्ष गाउँपालिकामा भएको शिक्षक सरुवाका कारण विद्यालयको पठनपाठन प्रभावित भएको तथ्यपरक समाचार लेख्ने स्थानीय पत्रकारलाई उनले कार्यकक्षमै बोलाएर धम्क्याएका थिए ।
शिक्षक सरुवाका स्थानीयले विरोध जनाएको बिषयमा समाचार लेखेकै कारण अध्यक्ष खतिवडाले धादिङ न्यूजका प्रधानसम्पादक केशव अधिकारी, वागमती कलमका सम्पादक अनिल नेपाली र पत्रकारलाई धम्क्याएको विरोधमा प्रेस बिज्ञप्ति जारी गरेकै कारण नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी सहित केशव अधिकारी र अनिल नेपाली विरुद्ध ‘प्रेस काउन्सिल नेपाल’मा पुगेर ती ‘ब्ल्याकमेलिङ र बार्गेनिङ’ गरेको भन्दै झुठो र कपोलकल्पित उजुरी दिएर सञ्चार जगत्को घाँटी निमोठ्ने र त्रसित बनाउने प्रयास उनीबाट भएको थियो ।
-के छ त सार्वजनिक भएको १ मिनेट ३३ सेकेण्डको भिडियोमा ?





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |