

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले सञ्चालन गरेको दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत जिल्लाभित्र गुड्ने बोलेरो गाडीमाथि विशेष निगरानी बढाइएको छ।
बोलेरो गाडीहरूले सवारी प्रयोजन विपरीत संरचना परिवर्तन गरी फलामको हुट राख्ने, छतमै यात्रु राखेर ओसारपसार गर्ने तथा जोखिमपूर्ण ढंगले यात्रु बोक्ने गरेको पाइएपछी एक अभियान सञ्चालन गरेर अवैध रूपमा जडान गरिएका फलामका हुट हटाइएको प्रहरीले जनाएको छ।
यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाएको भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो।
अभियानका क्रममा हालसम्म ३२ वटा सवारी साधनबाट अवैध रूपमा जडान गरिएका फलामका हुट हटाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान निरन्तर जारी रहने प्रहरीले जनाएको छ।
प्रहरीले सवारी चालक तथा व्यवसायीलाई सवारीको मूल स्वरूप परिवर्तन नगर्न, क्षमता भन्दा बढी यात्रु नबोक्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |