

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ ।
खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भइरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।
घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो । पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डिएलएस पद्धतिमा २ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले तथा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । अंक तालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्षस्थानमा छ भने नेपाल २७ खेलमा २२ अंकसहित पाँचौँ स्थानमा छ ।
एकदिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका १२ पटक खेलेका छन् । नेपाल ५ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |