

धादिङ । धादिङको थाक्रे गाउँपालिका-७ राम्चेस्थित ढुंगा खानीमा टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थाक्रे गाउँपालिका-७ निवासी ३१ वर्षीय दिपेन्द्र खत्री रहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बज्रकाली ढुंगा रोडा उद्योगमा ढुंगा लोड गर्न गएको बा ५ ख ८५८० नम्बरको ट्रिपरमाथी माथिबाट ठूलो ढुंगा खस्न गएको र चालकको ट्रिपरभित्रै च्यापिर मृत्यु भएको हो।
घटनापछि खानी संचालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले विरोध गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |