

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा करेन्ट लागेर एक बालिका गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा नीलकण्ठ नगरपालिका–८ की ६ वर्षीया साया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो घर नजिक खेलिरहेको अवस्थामा भुईँ पुछ्ने पोछा हाईटेन्सन लाइनमा ठोक्किँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
पोछामा रहेको फलामको तारमा बिजुली प्रवाह हुँदा बालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा रहेकी सायालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |