

काठमाण्डौ । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।
अस्ति बेलुकादेखि शुरु भएको पानी पर्नेक्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव छ ।
आज देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |