

धादिङ । धादिङमा अवैध रूपमा ओसारपसार गरिँदै गरेको सिसौको गोलिया काठसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार शुक्रवार त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबाट धादिङवेशीतर्फ अवैध सिसौको काठ ल्याइँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले नीलकण्ठ नगरपालिका-३ पुछारबजारस्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा सल्यानटारबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ५ ख ६१९३ नम्बरको मिनि ट्रकको पछाडि ढालामा लोड गरिएको सिसौको गोलिया काठ फेला परेको थियो।
बरामद काठको नापजाँच गर्दा १०४.३७ क्यूबिक फिट रहेको पाइएको प्रहरीले जनाएको छ।
उक्त काठ बरामद गरी ओसारपसारमा संलग्न रहेको आरोपमा नीलकण्ठ नगरपालिका-९ निवासी ४२ वर्षीय नवराज श्रेष्ठ (चालक) र नीलकण्ठ नगरपालिका-६ स्थायी घर भई हाल नीलकण्ठ–३ बस्दै आएका ६५ वर्षीय गणेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |