

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ कुमालगाउँकी बालिका प्रतिक्षा कुमाल आइतबार दिउँसोबाट सम्पर्कविहिन बनेकी छिन् ।
स्थानीय रत्नदेवी आधारभुत विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिका आइतबार दिउँसो १२ बजेदेखि घर परिवारको सम्पर्कमा नआएकी हुन् ।
विद्यालयको लागि चाहिने रेडक्रसको सामान किन्न धादिङबेसी बजार जान्छु भनेर घरबाट निस्किएकी बालिका घर नफर्किएको उनका बुबा डल्ले कुमालले बताए । बुबा डल्ले र आमा सीता कुमाल अहिले छोरीको खोजीमा हिँडिरहेका छन् ।
दुई सय पचास रुपैंया लिएर बजार जान भन्दै घरबाट निस्किएकी छोरी नफर्किएपछि चिन्तित बनेका अभिभावक छोरीको खोजीका लागि हारगुहार गरिरहेका छन् ।
कहिकतै देखियो र भेटियो भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |