

धादिङ । नीलकण्ठ नगरपालिका–१० स्थित माथिल्लो टारिबेशीमा इको भ्यान दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत रहेको नृसिंहधाम दर्शन गरी धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश BAF ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा भक्तपुर सूर्यविनायक-५ निवासी ५४ वर्षीय श्यामकृष्ण धुख्वा, सूर्यविनायक–७ का ५३ वर्षीय नुच्छेबहादुर कोजु तथा ललितपुर महालक्ष्मी–७ का ५२ वर्षीय राजेन्द्र महर्जन गम्भीर घाइते भएका छन्।
उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको धादिङ अस्पतालले जनाएको छ।
त्यसैगरी दुर्घटनामा भक्तपुर सूर्यविनायक–१ का ५८ वर्षीय राजेन्द्र कार्की, सूर्यविनायक–५ का ५५ वर्षीय पूर्णबहादुर वासु, सूर्यविनायक–४ का ७२ वर्षीय श्याम खड्का र सूर्यविनायक–५ का ५५ वर्षीय परशुराम कोइराला पनि दुर्घटनामा घाइते भएका छन्।
उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूको स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी धादिङ अस्पताल ल्याइएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |