

धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको सभापतीमा राजन अर्याल निर्वाचित हुनुभएको छ । शनिबार धादिङबेशीमा भएको प्रथम जिल्ला अधिवेशनबाट अर्यालको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ।
सर्वसम्मत नहुँदा नयाँ कार्यसमितिको लागि निर्वाचन भएको थियो ।
जसमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूयमणि पाठकले ९२ मत र अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपसभापति पदमा श्रवण त्रिपाठीले २१६ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा राम भण्डारी १६२ मत सहित बिजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी कल्पना श्रेष्ठले ८० मत र विदुर अधिकारीले ५८ मत प्राप्त गर्नुभयो ।
यसैगरी सह-सचिव पदमा श्रीराम आचार्य १६० मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी राजेन्द्र कडेलले १२७ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सदस्यहरुमा उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी, मदन भण्डारी निर्वाचित हुनुभएको छ ।
यसैगरी अधिवेशनबाट धादिङ क्षेत्र न १ को क्षेत्रिय संयोजकमा रामजी प्रसाद पाठक, सह संयोजकमा अमृता केसी, क्षेत्र न २ संयोजकमा राजेन्द्र अधिकारी र सह संयोजकमा ओम प्रसाद कारखेती निर्वाचित हुनुभएको छ ।
अधिबेशनबाट क्षेत्रिय सचिवमा प्रवेश धरेल र क्षेत्रिय सदस्यमा माधवराज अधिकारी निर्वाचित हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |