

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा बगेर एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गङ्गाजमुना गाउँपालिका–१ स्थायी घर भई हाल नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा बस्दै आएकी सृष्टि तामाङ रहेकी जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
खोला तर्ने क्रममा सृष्टिलाई थोपल खोलाले बगाएको थियो। घटनापछि उनीसँगै रहेका दिदीबहिनी तथा साथीहरूले तत्काल आफन्त र स्थानीयवासीलाई खबर गरेका थिए।
सांकोष र नीलकण्ठ जोड्ने झोलुङ्गे पुल नजिकैको ड्याम क्षेत्रमा खोलाले बगाएकी सृष्टिको खोजीका क्रममा घटनास्थलबाट करिब ५०० मिटर तल झाडीमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा शव निकालेर पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। सृष्टिकी आमा हाल भारतमा बसोबास गर्दै आएकी छन् भने उनी दामगाडेमा आफ्ना बुबा तथा आफन्तसँग बस्दै आएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |