

धादिङ। सिद्धलेक गाउँपालिका-१ स्थित जलेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई तेन्जिङ खेडुप तामाङले शैक्षिक सामग्री तथा खेलकुदका सामग्री सहयोग गरेका छन्।
विद्यालयका संस्थापक नयाँबस्ती धारापानीका स्वर्गीय लालबहादुर लामाका नाति भिक्टर तामाङका छोरा तेन्जिङले दशैको अवसरमा विद्यालयमा अध्ययनरत बालकक्षादेखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीलाई प्रतिविद्यार्थी नेपाली र अंग्रेजी कापी १३/१३ वटाका दरले वितरण गरेका हुन्।
उनले विद्यालयलाई एक थान भलिबल, एक थान फुटबल, एक रोल कम्प्युटर पेपर, कालो कलम दुई दर्जन, रातो कलम दुई दर्जन र ह्वाइटबोर्ड मार्कर एक दर्जनसमेत सहयोग गरेका छन्।
विद्यालयले उक्त सहयोगप्रति आभार व्यक्त गर्दै तेन्जिङको उज्ज्वल भविष्य र सफलताको कामना गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |