




काठमाण्डौ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि रातिदेखि लगातार झरी परिरहेको छ ।
आज अझ धेरै र ठूलो वर्षा र हिमपातकोे सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।
आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ । पर्सि आइतवारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ ।
आइतवार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ । तर ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति निकालेर भोलिसम्म हावाहुरी, चट्याङ, हिमआँधी र ठूलो वर्षाको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।
सम्भावित वर्षा, बाढी पहिरो, चट्याङ र हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न मौमसविद्को आग्रह छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |