




धादिङ। कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन सुरु गरिने भएको छ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०७२ चैत २६ गते प्रकाशित सूचना बमोजिम यो शुल्क उठाउन लागिएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।
यस व्यवस्थाअनुसार सवारीसाधनका विभिन्न वर्ग छुट्याइएको छ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यसैगरी, मिनी बस र मिनी ट्रिपस वा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा १ सय १५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ निर्धारण गरिएको छ।
सिङ्गल रियर एक्ससल भएका बस तथा ट्रकहरूले काठमाडौँ प्रवेश गर्न २ सय ६० रुपैयाँ र प्रस्थान गर्न २ सय रुपैयाँ बुझाउनुपर्नेछ भने मल्टि एक्ससल ट्रक, अन्य भारी सवारी साधन र भारी उपकरणहरूका लागि काठमाडौं प्रवेश गर्दा ६ सय रुपैयाँ र प्रस्थान गर्दा २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |