

धादिङ। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको सजाय सुनाइएका दुई जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बहुविवाह मुद्दामा दोषी ठहर भएका जीवन मिजार र भवितव्य ज्यान मुद्दाका प्रतिवादी कालीबहादुर भन्ने कृष्णबहादुर तामाङ रहेका छन्।
धादिङ जिल्ला अदालतले मिजारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तथा तामाङलाई ६ महिना कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले खोजतलासका क्रममा दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई मंगलबार जिल्ला अदालत धादिङमा उपस्थित गराइएको थियो।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा दुवै जनालाई कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |