

काठमाण्डाै । नेपाल पत्रकार महासङ्घले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
समाचार कक्षमै प्रहरी प्रवेश, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत गाडी तेर्स्याउनेमाथि कारबाही नहुनु, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनबापतको रकम नदिइएकोजस्ता कारणले महासङ्घले आन्दोलन घोषणा गरेको हो ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
-मङ्सिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने
Jमङ्सिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने
-मङ्सिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने
-मङ्सिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध सङ्घ–सङ्गठनसँग छलफल गर्ने
-मङ्सिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने
-माग पूरा नभए थप आन्दोलन तय गर्ने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |