

धादिङ । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घोप्टेभीरमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरेर जोखिमयुक्त पहिरो हटाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै भोलि मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने जनाएको छ ।
घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सडक बन्द रहने समयमा जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने कार्य गरिनेछ ।
उक्त अवधिमा सो सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले यात्रु तथा सवारी चालकलाई समय व्यवस्थापन गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
सडक अवरुद्ध हुने समयलाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकले सम्भव भएसम्म बिहान ११ बजेअघि वा दिउँसो ४ बजेपछि मात्रै उक्त सडकखण्ड हुँदै यात्रा गर्नुपर्नेछ ।
थप जानकारी तथा समन्वयका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरी १००/१०३ र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारीलाई ९८५५०९२२०० र नागढुंगा–मुग्लिङ सडकखण्ड (पश्चिम खण्ड) का सूचना अधिकारीलाई ९८५५०९२२७६ मा सम्पर्क गर्न सकिनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |