

काठमाण्डाै- नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत मुग्लिन र कुरिनटारबीचको घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन अहिले डाँडो झार्ने काम भइरहेको छ ।
लगातार सुक्खा पहिरो खस्न थालेपछि हिजो दिउँसोदेखि गाडी आवागमन रोकेर यो जोखिमपूर्ण काम थालिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार झन्डै १०० मिटर अग्लो ठाउँमा एक्स्काभेटर पुर्याएर डाँडो काट्ने काम भइरहेको छ ।
यसका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा गाडीको आवागमन बन्द गरिएको छ । डाँडोबाट तहगत रूपमा कटान गर्दै एक्स्काभेटरलाई क्रमशः तल झारिने योजना छ ।
सडक बन्द गरिएको समयको सदुपयोग गर्दै घोप्टेभीरको मुग्लिनतर्फ भित्तो काटेर सडक विस्तारको काम पनि सँगै अगाडि बढाइएको छ ।
त्यहाँ १५० मिटर लामो भागमा झन्डै ३ मिटर सडक चौडा गर्नुपर्नेछ । यस्तै चुम्लिङ्टार र कुरिनटारबीचको डाहाकी खोलामा पनि १०० मिटर क्षेत्रमा सडक २ मिटर चौडा गर्ने काम भइरहेको छ ।
गएको एक महिनायता सुक्खा पहिरो खस्दा घोप्टेभीर क्षेत्रमा लगातार समस्या उत्पन्न हुँदै आएको छ ।
पटक–पटक पहिरो खसेर गाडीहरू रोकिएका छन् भने खसेको ढुङ्गाले लाग्दा एक जनाले ज्यान समेत गुमाइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |