Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

१५ घण्टा अघि
२

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

२३ घण्टा अघि
३

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

१ दिन अघि
४

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

१ दिन अघि
५

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ दिन अघि
७

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

३ दिन अघि
८

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

३ दिन अघि
९

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
१०

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ दिन अघि
११

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

४ दिन अघि
१२

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

६ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

४ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ दिन अघि
६

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ दिन अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
८

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

६ दिन अघि

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

  • Default Profile
  • बागमती कलम
  • ४७४ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो।

‘घरभरि झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ गर्दै थियौ’, श्यामले भने, ‘श्रीमतीको हातैमा सर्प आयो, धन्न टोकेन, घरभित्र जम्मा भएको घाँसमा बसेको रहेछ।’

घरभित्रै सर्प निस्किएपछि उनीहरुले राम्ररी सरसफाइ गर्न सकेनन्। बस्ने ठाउँ नभएकाले घर सफा नगरी नहुने छ। ‘असोज १ गते आएको बाढीले पनि विस्थापित बनायो, दसैँको चार दिनअघि घर आएका थियौँ, फेरि १९ गते आएको बाढीले पुनः घर छोडेर भाग्यौँ, घर छोडेको महिना नै पुग्नथाल्यो’, श्यामले भने, ‘जीवन अस्तव्यस्त भएको छ। बच्चाको एक महिनादेखि पढाइ प्रभावित भएको छ। त्रासैत्रासमा घर सफा गर्न थालेका छौँ। अब जस्तो भए पनि घरमै बस्छौँ।’

टीकापुर–८ का धना साउँदको घर सरसफाइ गर्ने बेला उनको घरमा पनि सर्प देखियो। ‘घर वरिपरि पानी बगिरहेको छ। घरभित्र पनि चार फिटसम्म पानी पुगेको थियो। घरभित्र झारपात, हिलो र बालुवा मात्र छ’, धनाले भनिन्, ‘सारा फोहोर घरभित्र र बस्तीमा आएको छ। जताततै गन्हाएको छ। सर्पमात्र होइन अन्य किरा पनि देखिन थालेका छन्।’

प्रभावित क्षेत्रमा बाढीले दुर्गन्ध बढाउनुका साथै सर्प किरा बस्ने बासस्थान पानीले भरिएकाले उनीहरु बासस्थान खोज्न घरभित्र पसेकाले जोखिम बढेको छ। टीकापुर ७ का अनु धामीको घरभित्र दुई किसिमका सर्प देखिए। ‘बाहिर जलमग्न भएपछि हाम्रो घरभित्र सर्प देखिए, माटोको घर हिलाम्मे भएका छन्। त्यसैमाथि किरा फट्याङ्ग्राको पनि त्रास बढेको छ’, उनले भनिन्, ‘मौसमअनुसार वर्षा सकिने समय भएको छ तर यहाँ साउन, भदौजस्तै बस्ती जलमग्न छन्। लामखुट्टे पनि उस्तै छन्।’

बाढी प्रभावित क्षेत्रमा जोखिमसँगै विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले स्वास्थ्य संस्थाले सरसफाइ, स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्नुपर्ने बाढी पीडितको माग छ। भजनीकी धनादेवी विक बाढीले विस्थापित भएकाका लागि उपचार सेवा स्थानीयस्तरमै दिनुपर्ने माग गर्नुहुन्छ।

‘बस्तीमै स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ। यसका साथै हामीलाई घर सरसफाइका लागि हातमा लगाउने पञ्जा, खुट्टामा लगाउने बुटजस्ता सामान सहयोग भएको भए सहज हुन्थ्यो’, उनले भने, ‘बाढीले फोहोर थुप्रिएका घर सफा गर्न निकै कठिन छ। कतिपयका घरमा पुरुष छैनन्, महिला, बालबालिकामात्र छन्, उनीहरुले कसरी सफा गर्नु?’

लगातारको वर्षाले धेरै ठाउँ जलमग्न भएका छन्। घरभित्र पानी पसेको छ भने भर्खर पानी घट्दै गइरहेको छ। जताततै पानी हुँदा सर्प सुरक्षित ठाउको खोजीमा घरभित्र पस्ने भएकाले सर्पदंशको त्रास बढी हुने गर्छ। यस्तो बेला नागरिक बढी चनाखो हुनुपर्ने टीकापुर अस्पतालका फ्यामीली फिजिसियन डा दिलीप शाहले बताए।

‘झुल लगाएर सुत्ने गर्नुपर्छ। पानीले दुलो भरिएर सर्प बाहिर आउने भएकाले घरभित्र सुरक्षित ठाउँ खोज्न पस्छन्, यस्तो बेला सर्पदंशका घटना हुनसक्छन्’, डाक्टर शाहले भने, ‘अस्पतालमा पानी पर्ने समयमा सर्पदंशका बिरामी आउँछन्। यसपटकको वर्षापछि तीन जना सर्पदंशका बिरामी आएका थिए।’

सर्पदंशबाट बच्न राति कतै जानुपरे टर्च लाइट बालेर हिँड्न, जुत्ता लगाउँदा बुट लगाउने, सर्पलाई नजिस्काउने, टोकिहालेमा नजिकैको स्वास्थ्य संस्थामा उपचारमा जान उनी सल्लाह दिन्छन्। ‘घर भिजेकाले सर्प घरको धुरीवामाथि सुरक्षित ठाउँमा हुनसक्छन्’, उनले भने, ‘अनिवार्य झुल लगाएर सुत्ने, आफ्नो स्वास्थ्यको आफैँले ख्याल गर्ने गर्नुपर्छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • 5e065de6-bb1c-4e62-bc4d-077012b7a612

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

  • Cyber-crime-a-1749423806790_d

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • समाचार
  • १

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    १५ घण्टा अघि

  • २

    धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे
    २३ घण्टा अघि

  • ३

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    १ दिन अघि

  • ४

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    १ दिन अघि

  • ५

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २ दिन अघि

  • ६

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    २ दिन अघि

  • ७

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    ३ दिन अघि

  • ८

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    ३ दिन अघि

  • ९

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    ३ दिन अघि

  • १०

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution