

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले प्रतिफल देखिने गरि काम गर्न निर्देशन दिनुभएको छ।
बिहिबार मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने भन्दै लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्वन्धीत निकायलाई निर्देशन दिनुभयो।
उहाँले भन्नुभयो,‘हामी सँग विज्ञहरुको खाँचो छैन,लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ,तथापी नतिजा आउन सकिरहेको छैन, चार्टले प्रगति देखाउन सकिरहेको छैन।’कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
मन्त्री अधिकारीले कानुनी अबरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यसतर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |