धादिङ । जिल्ला अदालत धादिङले बालिका बलात्कार गरेको कसुरमा एक किशोरलाई १२ वर्ष कैद र रु ४ लाख भन्दा बढि जरिवाना गर्ने फैसला गरेको छ।
१४ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र सोही रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।
कसुरदारले ०८० चैत १ गते नाबालिकालाई नीलकण्ठ नगरपालिका–८ मा बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो ।
उक्त किशोरलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियो ।
पीडितको धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परीक्षण भएको थियो ।जिल्ला अदालतमा ०८० चैत २८ गते दर्ता भएको मुद्दाका कसुरदार बालकलाई जिल्ला अदालतको आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |