

धादिङ। गजुरी गाउँपालिका–१ गजुरी बजारबाट २६ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् ।
गएराती इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले २६ किलोग्राम गाँजा र १ थान मोबाइलसहित सोही गाउँपालिका–४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका अन्य २ जनाको भने परिचय खुलाएको छैन ।
गएराती काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु.२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |