धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–३ सलाङ झार्लाङदीमा एक बृद्धा मृत फेला परेकी छन् ।
७९ वर्षीय दुमन्ती मगर आफ्नै घरमा मृत फेला परेको सिद्धलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीले बागमती कलमलाई जानकारी दिनुभयो ।
बुधबार राती खाना खाएर सकुसल सुत्नुभएको तर बिहान ७ बजेसम्म पनि नउठेपछी गएर हेर्दा मृत अवस्थामा भेटिएको वडाध्यक्ष पुलामीले बताउनुभयो ।
मृतक दुमन्तीको नाक र मुखबाट रगत बगेको र कानमा लगाएको रिङ हराएकाले घटना शंकास्पद रहेको उहाँको भनाई छ ।
वडाध्यक्ष पुलामीले भन्नुभयो,‘नाकमा लगाएको बुलाकी च्यातिएको अवस्थामा ओछ्यानमै भेटिएको छ । तन्ना रगताम्य भएको छ । मृतक दुमन्ती बार्दलीमा सुत्ने र ढोका नलगाई सुत्ने गर्नुहुँदो रहेछ । पछाडीको झ्याल पनि खुल्ला रहेको भेटिएकोले घटना शंकास्पद देखिएको छ ।’
गरगहनाको लागि हत्या गरिएको हुनसक्ने तर्फ अनुसन्धान केन्द्रीत रहेको प्रहरीले जनाएको छ । तर अनुसन्धानमै रहेकोले यही हो भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाई छ ।
मृतकको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ ।
मृतकको एक छोरा हुनुहुन्छ । छोरासँगै बस्दै आउनुभएको दुमन्तीको श्रीमानको भने यसअघि नै मृत्यु भइसकेको छ । प्रतिकात्मक तस्विर
यस विषयमा सिद्धलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीसँग गरिएको कुराकानी सुन्नुहोस्
👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |