Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अपराध गतिविधि
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१६ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

३ घण्टा अघि

नागरिकता किर्ते प्रकरण : धादिङ प्रशासनका नासु पक्राउ

  • बागमती कलम
  • ६१५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ आश्विन १०, बिहिबार (१ साल अघि)
नागरिकता किर्ते प्रकरण : धादिङ प्रशासनका नासु पक्राउ

धादिङ । तिब्बती नागरिकलाई नागरिकता दिएको मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धादिङका नासु पक्राउ परेका छन् ।

नासु कृष्णबहादुर थपलियालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयमा मुद्दाको अनुसन्धान भईरहेकोले नागरिकता दिँदा किर्ते गर्न सघाएको आरोपमा नासु थपलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कार्यालय समयमै थपलिया पक्राउ परेपछि जिल्ला प्रशासनमा कर्मचारी र कार्यालय प्रमुखको बैठक बसेको थियो ।

तिब्बतीलाई नागरिकता दिएको विषयमा २० वर्षअघि मृत्यु भएका हर्क बहादुर तामाङले सनाखत गरेको खुलेको छ ।

नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर १ का हर्कबहादुर २० वर्षअघि मृत्यु भएका व्यक्ति हुन् ।

उनले सोनाम तामाङ छोरो बनाएर दिईएको भनिएको नागरिकतामा हर्कबहादुरले सनाखत गरेको पाईएको नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताउनुभयो।

विवादास्पद तिब्बती नागरिकलाई वंशजको नागरिकता दिइएको विषयमा छानविन भइरहेको छ तर नागरिकतामा हस्ताक्षर गर्ने अधिकृत र काम मिलाइ दिएका कर्मचारी भने जिल्ला प्रशासन कार्यालयमा भेटिएका छैनन् ।

एउटा जुवा खालबाट काठमाण्डौमा असोज ४ गते पक्राउ परेका सोनाम तामाङलाई प्रहरीले सोधपुछ गर्दा ४ लाखमा नागरिकता किनेको आफ्नो घर तिब्बतको आम्दो घर भएको बताएपछि नागरिकताको किर्ते सम्बन्धी विषय छताछुल्ल भएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोनामलाई नागरिकता दिलाउन बिचौलियकोे भूमिका खेलेका र काठमाण्डौमा बस्दै आएका धादिङको नेत्रावती डबजोङ गाउँपलिका वडा नम्बर १ का ३१ वर्षीय मदन बहादुर तामाङ, खनियाबास गाउँपालिका वडा नम्बर ५ का ५६ वर्षीय रामेश्वर रिजाल, सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नम्बर ४ का ५६ वर्षीय छिरिङ वाङदीन शेर्पा, र भारत घरभएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई पक्राउ गरि गत हप्ता अनुसन्धान गरेको थियो ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएपछि गत सोमबार नागरिकता किर्ते मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

सोनाम भने पहिल्यै पक्राउ परेकोले काठमाण्डौमा जुवा मुद्दामा अनुसन्धानको क्रममा छन् ।

जुवा मुद्दाको अनुसन्धान सकिएपछि सोनामलाई समेत नागरिकता किर्ते मुद्दामा अनुसन्धानका लागि काठमाण्डौ प्रहरीले धादिङ पठाउने जनाएको छ ।

सोनामको आफूले भारत घरभएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई ४ लाख दिएर नागरिकता किनेको र बाबुको नाम समेत जानकारी नभएको भताएपछि घटनाको पर्दाफास भएको थियो ।

सोनामले जिल्ला प्रशासन कार्यालय धादिङमा २०८१ असार ६ गते जारी भएको २६–०१–८१–०३२१७ नम्बरको नागरिकता प्रशासकिय अधिकृत छत्रबहादुर अधिकारीले दस्तखत गरेको नागरिकता लिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा असार ६ गते सोनाम तामाङको नामको नागरिकता फोटो समेत टाँसेर जारी भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले नागरिकता किर्ते मुद्दा अनुसन्धानको क्रममा रहेकोले अन्य कुरा भन्न नमिल्ने बताउनुभयो ।

वडा अध्यक्षको नियमित नियमित सिफारिस, मुचुल्का, आदी आउने, कर्मचारीले प्रशासकिय अधिकृतकोमा पेश भएपछि सनाखत गर्ने मानिस समेत आएपछि जिल्ला प्रशासनबाट नागरिकता जारी भएपनि किर्ते गरि नागरिकता लिएको अनुसन्धानबाट प्रमाणित भएको समयमा कर्मचारीले समेत कारबाही भोग्नु पर्ने जिल्ला प्रशासन कार्यालय धादिङका सूचनाअधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी युवराज अर्यालले बताउनुभयो ।

तिब्बती नागरिकलाई काठमाण्डौको एक होटलमा कागजपत्र लगेर दस्तखत गराउने कर्मचारी समेत मिलेमतो गरेको भनेर उपत्याका अपराध अनुसन्धान कार्यालयले अध्ययन समेत गरेर जानकारी दिएको अवस्थामा कर्मचारीलाई छाडेर विचौलियालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिएको छ ।

कर्मचारीहरुमा खैलाबैला भएपछि एक साताअघि नै प्रशासकिय अधिकृत घररमा श्राद्ध परेको भन्दै विदा लिएर बसेका छन्।

वडाबाट सिफारिस आएको बताइएको विषयमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ठाकुर गुरुङले जिल्ला प्रशाससन कार्यालयलाई आफूले यस किसिमको सिफारिस नदिएको बताएका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो।

संचारकर्मीको प्रश्नमा वडा अध्यक्ष गुरुङले २० वर्ष माथिका मानिसको सिफारिस दिँदा मुचुल्का समेत गर्ने गरिएको छ ।

नागरिकता लिएका सोनाम तामाङको बाबू भनिएका हर्कबहादुर २० वर्ष अघि नै मरिसकेका व्यक्ति भएकोले यस किसिमको किर्ते सिफारिस वडाले नगरेकोले बताउँदै किर्ते गर्ने सबैलाई कारबाहि गर्नुपर्ने बताउनुभयो ।

नक्कली नागरिकता बनाएको आरोप लागेका सोनाम तामाङ जुवा मुद्दा अनुसन्धानपछि नागरिकता किर्तेमा छानविनका लागि ल्याइने छ ।

नागरिकताको विषय उठेपछि जिल्ला प्रशासन कार्यालयमा कर्मचारी संख्या कम भएको र एकजनामात्र अधिकृत भएपछि मानिसको घुइचो बढेको कर्मचारी वर्गमा खैलाबैला मच्चिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध गतिविधि सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १६ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution