

धादिङ । जिल्ला अदालतले धादिङले बलात्कार कसुरमा एक जनालाई सात वर्ष १ महिना कैद सजायको फैसला सुनाएको छ।
न्यायाधीश मनकुमारी जिएम बिकको असोज १५ गतेको इजलासले ५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्तोष रम्तेललाई ७ वर्ष १ महिना कैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार माधव भणडारीले जानकारी दिनुभयो ।
कसुरदार ठहरिएका रम्तेललाई ३ लाख जरिवाना, पीडित राहत कोषमा १२ हजार तिर्नुपर्ने र पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको श्रेस्तेदार भणडारीले बताउनुभयो ।
पीडित पक्षले ०८१ जेठ १४ गते आरोपितले बलात्कार गरेको भन्दै जेठ २९ गते उजुरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले रम्तेलविरुद्ध जिल्ला सरकारी वकिलमार्फत ०८१ असार १८ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |