

धादिङ । धादिङमा तोकिएको भन्दा बढी भाडा लिने र भाडादर नटाँस्ने सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला अनुगमन समिति धादिङले सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्ने र बढी भाडा लिने दुई सवारी साधनलाई जरिवाना तिराएको छ ।
बुधबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वको अनुगमन टोलीले धादिङबेशी काठमाडौँ चल्ने ग्रामिण यातायात धादिङ प्रा.लि.को बा ५ ख ५७ नम्बरको बसमा भाडादर टाँसेको नभेटिएपछी १० हजार जरिवाना तिराएको छ ।
यस्तै काठमाडौँबाट चितवन तर्फ जाँदै गरेको लामा ट्राभल्सको ग १ ख ५५९२ नम्बरको माइक्रोले यात्रुसँग बढी भाडा लिएको भेटिएपछि २० हजार जरिवाना तिराएको छ ।
पाँच सय ५० तोकिएको भाडामा उक्त माइक्रोले प्रतिव्यक्ति एक हजार रुपियाँ भाडा लिएको गुनासो आएपछि जिल्ला अनुगमन समितिले बेनिघाट बजारमा रोकेर सबै यात्रुहरूको भाडा फिर्ता गराएको छ ।
दसैँ, तिहार लगायतको पर्वका लागि आवत जावत गर्ने यात्रुहरूसँग बढी भाडा लिनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे पृथ्वी राजमार्ग अन्तरगत जिल्लाको विभिन्न ठाउँमा छड्के चेकपोष्ट राख्ने बताउनुभएको छ ।
हेर्नुहोस् भिडियो……….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |