

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुरभञ्ज्याङ्गस्थित सिम्लेमा मृत भेटिएकी बृद्धाको हत्या भएको आशंका गरिएको छ ।
गएराती सोही ठाउँकी ८६ बर्षिया सुन्तली घले घर भन्दा करिब ५०/६० मिटर पर मृत अवस्थामा भेटिएको स्थानिय रामकुमार श्रेष्ठले बागमती कलमलाई जानकारी दिनुभयो ।
मृतकको आँखा भन्दा माथि ठुलो चोट भएकाले हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।
उक्त घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन।
ति व्यक्तिलाई नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गजुरी पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको बताएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |