धादिङ । सिद्धलेक गाउँपालिका–६ कुम्पुरभञ्ज्याङ्गस्थित सिम्लेकी ८६ वर्षीया सुन्तली घलेको हत्या घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता भएको छ ।
घलेको हत्या गरेको आरोपमा गोरखा जिल्ला आररुचनौटे गाउँपालिका–९ का ३० वर्षीय विजय श्रेष्ठ विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८१ कात्तिक २ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
०८१ असोज ३० गते बृद्धा घलेको हत्या गरी बारीमा लडाएको गाउँबासीले देखेपछि शव छाडेर आरोपित भागेका थिए ।
आरोपित श्रेष्ठलाई नीलकण्ठ नगरपालिका–८ ससाह नजिकैबाट प्रहरीले कात्तिक १ गते गिरफ्तार गरेको थियो ।
शवको पोष्ठमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कात्तिक २ गते गरिएको इन्स्पेक्टर सिलवालले बताउनुभयो ।
आरोपित श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |