

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ विधाङमा चेपाङ समूदायको न्वागी छोनाम पर्वको अवसरमा सामुहिक न्वागी अर्थात छोनाम पर्व मनाइएको छ ।
नेपाल चेपाङ संघ बेनिघाट रोराङको आयोजना, बेनिघाट रोराङ गाउँपालिको सहयोग र नेपाल चेपाङ संघ केन्द्रको सहकार्यमा सामुहिक न्वागी मनाईएको हो ।
अतिथिहरुले ढ्यांग्रो बजाएर न्वागीको सुरु गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चेपाङ समूदायको विकास र संस्कृति संसकर संरक्षणमा स्थानीय सरकारले काम गर्ने बताउनुभयो ।
चेपाङ संघ बेनिघाट रोराङका अध्यक्ष कृष्णबहादुर चेपाङको अध्यक्षतामा भएको कार्यक्रमको बागमति प्रदेशका पूर्व मूख्यमन्त्री शालिकराम जमकट्टेल, संविधानसभा सदस्य पुुष्पविक्रम मल्ल, गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, गाउँपालिकाका पूर्वअध्यक्ष पित्तबहादुर डल्लाकोटी लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भदौ पूर्णिमाको रातलाई नेपालको अल्पसंख्यक अति सिमान्तकृत आदिवासी चेपाडले नयाँ वाली भित्र्याउने दिनका रुपमा न्वागी पर्वलाई धुमधामसँग मनाउछन् ।
चेपाङहरुको जंगली कन्दमुल खाएर टर्रो भएको मुखमा नयां घैया चामलको भात र मकै कोदोको ढिडो पर्छ ।
चेपाङले खोरिया खनि खोस्री उत्पादन गरेको मकै, कोदो, धान र विभिन्न खाद्यान्न भित्रयाउने समय यही महिना हो।
अन्न भित्र्याएपछि पहिला पित्रीलाई चढाएपछि आफूले खानुपर्छ भनेर न्वागी खाने चलन छ ।
नयाँ बालीको अन्न खानका लागि चेपाङ जातिकै झाक्रि (पान्दे) घरमा बोलाएर न्वागी अर्थात चेपाङ भाषामा छोनाम पर्व रातभर घरमा ढ्याङग्रो ठोकेर मनाउने गर्दछन् ।
रातभर एक पाखे ढ्याङग्रो ठोकेर उत्पादन भएका फलफुल र खानेकुरा अगाडि राखेर चेपाङ झाक्रिले खानाका लागि देवता पित्रीलाई मन्त्र फलाक्दै बोलाउने गर्दछन् ।
झाक्रीले चेपाङ जातिको देवतालाई बोलाउदै आयु हुनेलाई राम्रोसँग बाच्न देऊ, नहुनेलाई आयु बढाइदेउ भनी सबैलाई नयाँ घैया धानको अन्नको टिका लगाइदिन्छन् ।
न्वागीको टिका झाक्रीबाट लगाइसकेपछि नयाँ अन्न र फलफूल घर घरमा रमाइलो गरेर खाने गरिन्छ । न्वागी पर्वको एक हप्तासम्म जग्गा हुनेले आफ्नै उत्पादन, नहुनेले छिमेकीसंग अन्न पैचो लिएर खाने चलन छ ।
न्वागी खाएपछि नयाँ अन्न खाने बाटो खुल्छ ।
गरिबीका कारण घरघरमा पर्व मनाउन नसकिने भएकोले केही वर्षदेखि सामुहिक न्वागी पर्व मनाइने गरिन्छ ।
पछिल्ला वर्षहरुमा न्षगी पर्व मनाउने चेपाङको संखया पनि घटेको छ ।
धर्म परिवर्तनका कारण पर्वको महत्व नबुुझेर धर्म परिवर्तन गरि नागरिकहरु संस्कृपित जोगाउन समेत नजुटेको शिक्षक समेत रहनुुभएका नेपाल चेपाङ संघका पुर्व केन्द्रीय सचिव तिलक चेपाङको भनाइ छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |