

काठमाडौं ।गुरुङ महिलाहरुको संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय पार्षद सभा आज सदरमुकाम धादिङबेसीमा हुँदै छ।
पार्षद सभामा नेपालको ४७ जिल्लाबाट १ सय ८० जना प्रतिनिधि सहभागी रहने तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले बागमती कलमलाई जानकारी दिनुभयो ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय समितिको आयोजना र जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको पार्षद सभाले विधान संसोधन, आगामी कार्य योजनाका विषयमा निर्णय गर्ने अध्यक्ष तमूस्योले बताउनुभयो ।
गुरुङ जातिको कला, भाषा, संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समितिले काम गरिरहेको बताउनुभयो ।
‘महिला दिदिबहिनीहरु घर भित्रै सिमित रहेको अवस्थामा आफ्नो हक अधिकार खोज्ने तथा अन्य निकायसँग समन्वय गरेर अघि बढ्न समितिले भूमिका खेलेको छ’ उहाँले भन्नुभयो– ‘केन्द्रमा २०६७ सालमा स्थापना भएको यस समिति धादिङमा २०६९ सालदेखि क्रियाशिल रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |