धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाको बुङचुङमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ समापन भएको छ।
विश्व भागवत धाम कोष,नेपाल उक्तम फाउण्डेशनको आयोजनामा सिद्धलेकको वडा नं १, ४ र ५ को संगमस्थल बुङचुङ बजारमा २ गतेदेखी भएको महायज्ञ आज सम्पन्न भएको हो ।
वडा नं–६ परेवाटारमा बन्दै गरेको धामको प्रचार प्रसार र सहयोगार्थ आयोजित महायज्ञबाट २९ लाख ५० हजार रकम संकलन भएको बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले जानकारी दिनुभयो ।
धादिङ जिल्लास्तरीय १३ वटै स्थानीय तहहरुमा आयोजना गरिने जिल्ला व्यापी अनुष्ठान अन्तर्गत पहिलो अनुष्ठान बुङचुङमा भएको र बाँकी पालिकामा क्रमश हुँदै जाने उहाँले बताउनुभयो ।
आज अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण,दाता सम्मान गर्दै नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले महायज्ञको समापन गर्नुभएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक राम प्रसाद तिमल्सेनाले जानकारी दिनुभयो ।
दान अहिले नगरे कहिले गर्ने,हामिले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने भन्ने मुल मन्त्रको साथ भएको भागवतको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्नुभएको थियो ।
यसअघि ०७९ माघ गतेदेखी १६ गतेसम्म वडा नं ६ परेवाटारमा भएको श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञमहायज्ञबाट १ करोड ३४ लाख ४४ हजार रकम संकलन भएको थियो।
राष्ट्र शान्ती एवं धादिङ जिल्लाका समस्त मानव कल्याण, सनातन धर्मको संरक्षण साथै सिद्धलेक गाउँपालिका भित्र दुर्घटना, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनुभएका समस्त आत्माहरुको शान्ती र पितृउद्धारार्थ कामनाको हेतुले परेवाटारमा धाम बन्दै गरेकोले जिल्ला व्यापी अनुष्ठान आयोजना गरिने बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले बताउनुभयो ।
हेर्नुहोस् भिडियो…………
तस्विरको लागि तल क्लिक गर्नुहोस्
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |