

धादिङ- धार्के र गजुरिमा सिटिजन्स बैंक इन्टरनेशनलले शाखा विस्तार गरेको छ।
बुधबार गजुरी र धार्केमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १९१औं र १९२औं शाखाको रुपमा शुभारम्भ गर्नु भएको हो।
यो सँगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु ५४ पुगेको कम्पनीले जनाएको छ ।
ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा धादिङमा आइपुगेको उल्लेख गर्दै आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने पोखरेलले बताउनुभयो ।
सुविधा सम्पन्न नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कम्पनीले नयाँ शाखा सञ्चालनको अवसरमा ती शाखाहरुमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्षमा निशुुल्क प्राप्त गर्न सकिने जनाएको छ।
साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । सोही अवसरमा कम्पनीले गजुरी १ आधामारा मा रहेको पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।
कम्पनीले देशैभर १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५६ जिल्लामा असेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान लक्ष्य रहेको समेत बताएको छ ।
शाखा कार्यालयको उद्घाटनका अवसरमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो ।धार्के शाखाका प्रबन्धक सुदर्शन रेग्मिले उपस्थित सबैलाई धन्यवाद दिदै भोलिका दिनहरुमा सबैको साथ र सहयोगले अगाडि बढ्ने बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |