

धादिङ । धुनिवेशी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२को लागि ८८ करोड १६ लाख ८९ हजार ६ सय ६६ रुपैँयाको बजेट ल्याएको छ ।
नगर सभाको १५ औँ अधिवेशनमा नगरपालिका उप प्रमुख सुरज उप्रेतीले कुल विनियोजित रकम मध्ये चालुतर्फ ४७ करोड ९ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ रपुँजीगत तर्फ भने ४१ करोड ७ लाख ४ हजार विनियोजन गरेको गर्नुभएको छ ।
आगामी आर्थिक बर्षको व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट बित्तीय हस्तान्तरणको माध्यमबाट समानिकरण अनुदान १४ करोड ६२ लाख,सशर्त अनुदान २२ करोड १२ लाख २१ हजार ,समपुरक अनुदान १ करोड ,बागमती प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ५६ लाख ७५ हजार ,सशर्त अनुदान १ करोड ८९ लाख २१ हजार,बिशेष अनुदान ५० लाख,समपुरक अनुदान ५० लाख,राजस्व बाडफाटबाट १८ करोड १० लाख ७७ हजार १ सय ६६, आन्तरिक राजस्वबाट ४ करोड ८१ लाख ७५ हजार र बैंक मौज्दात रहन सक्ने २० करोड ५४ लाख २० हजार ५ सय रुपैँया अनुमान गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षको लागी आर्थिक विकासतर्फ ४ करोड ७३ लाख २८ हजार,सामाजिक विकास क्षेत्रतर्फ ३४ करोड ४३ लाख ३० हजार,पुर्वाधार विकासतर्फ ३१ करोड २३ लाख ९४ हजार ,सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रतर्फ ५२ लाख ४५ हजार र कार्यालय सन्चालन तथा प्रशासनिक खर्चतर्फ १७ करोड २३ लाख ९२ हजार ६ सय ६६ रुपैँया विनियोजन गरिएको छ ।
बजेट पेश हुनु अगाडी नगरप्रमुख बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम सभामा पेश गर्नु भएको थियो। पालिकाको निति तथा कार्यक्रममा विगतकै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
पछिल्ला ७ बर्षको अवधीमा प्राप्त भएको उपलब्धिहरुको जगमा टेकेर क्रमागत योजना तथा कार्यक्रमलाई निरन्तरता दिदै अपुर्ण कार्यलाई पुर्णता दिइ समग्र धुनिवेशी नगरपालिकालाई सकारात्मक रुपमा दिनेगरी समृद्ध धुनिवेशी,सुखी नगरवासीको साकार बनाउने नगरप्रमुख बालकृष्ण आचार्यले सभामा बताउनु भयो ।
बजेटको पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |