

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज अहिले सम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । गएको आइतवार भने सुनको भाउ बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |