

धादिङ । धादिङमा बजार अनुगमनलाई तिव्र पारिएको छ ।
चाडपर्वको समयमा बजारमा धेरै सामान खरिद गर्ने तथा उपभोक्ता ठगिने जोखिमलाई ध्यानमा राखेर जिल्ला अनुगमन समिति धादिङले धादिङका होटल तथा खाद्यान्न पसलहरुमा अनुगमन कार्यलाई तिव्रता दिएको छ ।
अनुगमनका क्रममा बुधबार पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित होटल, पसल, कोल्ड स्टोर्स तथा सप्लायर्सहरूलाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समिति संयोजक युवराज अर्यालले बताउनुभयो ।
उहाँका अनुसार श्री न्यु नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई रु.२० हजार र होटेल राजधानी फास्टफुड एण्ड रेस्टुरेन्टलाई रु.५० हजार जरिवाना गरिएको छ ।
यसैगरि बिहिबार धादिङबेसीको ५ ओटा खाद्यान्न पसलहरुको अनुगमन गरि १ पसललाई जरिवाना गरेको छ ।
सापकोटा किराना पसललाई ५ हजार जरिवाना गरि म्याद गुज्रेका र अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको संयोजक अर्यालले बताउनुभयो।

कारबाहीमा परेका होटलहरूले निर्धारित मूल्यभन्दा बढी रकम लिएको; सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको अर्यालले बताउनुभयो।
जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको; तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको अनुगमन समिति संयोजक अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद सकिएको सामाग्री विक्रि गरिरहेको, म्याद सकिएका खाद्यान्न सामाग्रि पसलमा राखेर विक्रि गरने, खराब खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेको छ ।
चाडपर्वको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायतका कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको छ ।

चाडपर्वको मौका छोपेर विशेष त पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लामा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य बढी लिने गरेको गुनासो यात्रुहरूले गर्दै आइरहेकाो जिल्ला अनुगमन समितिका सदस्य सचिव मेघनाथ न्यौपानेले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |