

धादिङ। धादिङमा बजार अनुगमन जारी छ।
नागरिकहरुको गुनासोको आधारमा जिल्ला अनुगमन समितिले जिल्लाभर अनुगमनलाई तिव्र पारेको छ।
आईतबारप्रमुख जिल्ला अधिकारी सुमन घिमिरे नेतृत्वको जिल्ला अनुगमन समितिले धादिङबेसीको ए वान बेकरी उद्योगलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ।
अनुगमनको क्रममा बेकरीमा फोहर सडेको सामाग्री भएको फेला परेपछि जरिवाना गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
आकस्मिक अनुगमन गर्दा सरसफाई अत्यन्त कमजोर, भण्डार कोठामा साङ्ला लगायतका किरा, दुईवटा खाद्यान्न सामान म्याद गुज्रेको, फ्रिजमा कतिपय सामान खुला रुपमा राखेको, खुला रुपमा झिंगा भन्किएको भेटेपछी सुझाव सहित कारबाही स्वारुप जरिवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरीले जानकारी दिनुभयो ।
बेकरी संचालन मापदण्ड अनुसार गुणस्तर कायम गरेर मात्र उद्योगलाई संचालन गर्न अनुगमनका क्रममा सुझाव दिईएको छ ।
चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |