गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ६ सय १९ पदकको छिनोफानो भएको छ । आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदक सहित कुल १ सय ६० पदक पाएको छ ।
विभागीय टिम नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कांस्यपदकसहित ९१ पदक जितेको हो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो भएको छ । २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदक सहित कुल १ सय २ पदक हात पारेको छ ।
यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कांस्य पदक सहित ५३ पदक पायो । सुदूर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कांस्य सहित २६ पदक पाउँदा एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कांस्य सहित १६ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कांस्य पदकसहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कांस्य सहित ४७ पदक जितेका छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कांस्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कांस्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अन्तरगतका खेलहरू जारी रहेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |