

धादिङ,०९ ज्येष्ठ।
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक तत्काल निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजना अगाडि बढाउनुपर्ने बताउनुभयो । निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिदै पाण्डेले भन्नुभयो,‘जस्तोसुकै कठिन घडीमा भए पनि राष्ट्रिय गौरवका योजनालाई अघि बढाउनु जरुरी छ ।निजगढ अन्तरराष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बूढीगण्डकी आयोजनालाई आगामी आवको बजेटमा समावेश गर्नु जरुरी छ।’
राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा वारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्ने भन्दै यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख गर्न आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |