धादिङ। सिद्धलेक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने भएको छ।
सिद्धलेक गा.पा-३ डुमीडाँडाको अमरआदर्श माध्यमिक विद्यालयमा मंसिर २७ गतेदेखी ३० गतेसम्म हुने गाउँपालिका भित्रको माध्यमिक विद्यालयहरुको राष्ट्रपति रनिङ शिल्डमा मुख्यमन्त्री जम्कट्टेल आउने तय भएको नलाङ पात्ले माविका शिक्षक एवम जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।
यसैगरी बिहिवार बुङ्चुङमा बसेको तयारी बैठकले रनिङ शिल्ड प्रतियोगिता सभ्य र भव्य बनाउने पनि निर्णय गरेको गुरुङले बताउनुभयो।
१३ सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकमा यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं ४ सलाङघाटको जलेश्वरी माध्यमिक विद्यालयमा भएको थियो ।
यस प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन्।filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |