धादिङ । नेकपा एमाले धादिङको नवौं अधिवेशन भोलिदेखी शुरु हुदैँछ।
अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताउनुभयो ।
बिहिबार एमाले धादिङले धादिङबेशी स्थित मदन आश्रित भवनमा पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको त्रिपाठीले जानकारी दिनुभयो।
धादिङबेसीस्थित खुल्लामञ्चमा हुने अधिवेशनको शुक्रबार दिउसो १ बजे पुर्वप्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ।
काठमाडौंबाट सडकमार्ग हुँदै धादिङबेसी आउन लागेका ओलीको स्वागतमा एमालेले पृथ्वीराजमार्गको ठाउँठाउँबाट ¥याली निकाल्ने र धादिङबेसीसम्म स्कटिङ गर्ने व्यवस्था मिलाएको छ ।
एमाले धादिङको नवौ अधिवेशनले समृद्ध धादिङको मार्गचित्र प्रस्तुत गर्ने त्रिपाठीको भनाई छ ।अधिवेशनले ५ जना पदाधिकारी सहितको १०५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने पनि अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
नयाँ नेतृत्व चयनको लागि अधिकतम सर्वसम्मत प्रयास गर्ने एमाले नेताहरुले बताएका छन् ।
अधिवेशनमा जनवर्गीय संगठनहरुबाट मनोनित हुने बाहेक ५८० जना प्रतिनिधि सहभागी हुनेछन् । ३० जना सदस्य बराबर १ जना प्रतिनिधि छनोट भएको एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटाले बताउनुभयो ।
अधिवेशन उद्घाटनका लागि एमालेले गाउँ गाउँबाट विभिन्न झाँकीहरुसहित कार्यकर्ता धादिङबेसीमा ल्याउने तयारी गरेको छ।उद्घाटनसत्रमा धादिङमा कृयाशिल सबै राजनीतिक दलको उपस्थिति रहने एमालेले जनाएको छ।
पत्रकार सम्मेलनमा अधिवेशन तयारीका बारेमा कुरा राख्दै भुमि त्रिपाठी। भिडियोको लागि तल क्लिक गर्नुहोस् :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |