

धादिङ ।नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले पालिका स्तरमै प्रविधिमैत्री पठनपाठनमा जोड दिनुपर्ने बताउनुभएको छ।
आइतबार धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५ कटुन्जेमा आयोजित एमालेको नेत्रावती डबजोङ गाउँपालिका कमिटिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बरालले पालिका स्तरमै प्रविधिमैत्री पठनपाठनमा जोड दिएर युवाहरुलाई स्थानीय ठाउँमा नै स्वरोजगार बनाउने खालको कार्यक्रम अघि सार्नुपर्ने बताउनुभएको हो ।
उहाँले गाउँ गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने भन्दै दुर दराजका नागरिकका बालबालिकाले गाउँमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने र स्थानीय स्तरमै व्यवसायिक फर्महरु संचालनमा ल्याएर स्वरोजगार बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो र यो काम एमालेको अगुवाईमा सम्भव छ,विदेशिने युवाहरुलाई गाउँमै रोकेर स्थानीयको आर्थिक अवस्था सुधार्न व्यवसायिक फार्महरु सुरु गर्नुपर्छ ।’
नेता बरालले बहुदलीय जनवादको सिद्धान्तलाई अघि सारेर अन्यत्र रहेका आम मतदातालाई ढुक्कसंग एमालेमा ल्याउन र पार्टीको नीति सिद्धान्त प्रष्ट बनाएर कृयासिल बनाउन एमाले नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेलले विकासको कामको अगुवाइ एमालेले मात्रै गर्न सक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीसहित केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी नेताहरुले सम्बोधन गर्नुभएको थियोे।
जारी नेकपा एमाले नेत्रावती डबजोङ गाउँपालिका कमिटी दोश्रो अधिवेशनले ३१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |