

धादिङ । धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी सुदर्शन रिजालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मंगलबार धादिङबेसीमा उम्मेदवारी घोषणा सभाको कार्यक्रमको आयोजना गर्दै रिजालले यही पौष २६ र २७ गते हुने धादिङ उद्योग बाणिज्य संघको ३१ औ साधारणसभा तथा ११ औ अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
रिजालले संघ भित्र भएको आर्थिक अनियमिततालाई पूर्ण रुपमा नियन्त्रण गर्न,प्रशासनिक पारदर्शिता कायम गर्न र धादिङ उद्योग वाणिज्य संघको सुस्ताएको छविलाई शसक्त र व्यवसायी मैत्री बनाउन वरिष्ठ उपाध्यक्ष पदमा दिने उमेदवारी दिने घोषणा गरेको बताउनुभयो।
संघमा आफु ९ वर्षदेखी आवद्ध रहेको भन्दै उहाँले आफुलाई सबै राजनितिक दलसँगै सबै व्यवसायीहरुको साथ रहेको र एक्लै मैदानमा उत्रिएको बताउनुभयो ।
रिजालले आफ्नो प्रतिबद्धताहरु समेत सार्वजनिक गर्नुभएको छ।
हेर्नुहोस् रिजालको सार्वजनिक प्रतिबद्धता

(भिडियो……….)
यता वरिष्ठ उपाध्यक्ष पदमा रोहित भण्डारीले यसअघि नै उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानका क्रममा व्यवसायी भेटघाटमा व्यस्त हुनुहुन्छ।
भण्डारीले गत शनिबार उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
संघलाई ब्यापार, लगानी र उद्यमशीलताको हिसावले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्न आवश्यक रहेको भन्दै व्यवसाय मैत्री नीतिहरुको वकालत, साझेदारी विकास र ब्यवसायिक जोखिमहरुलाई कम गर्दै नीजि क्षेत्रको स्थापित संस्थाको रुपमा नयाँ उचाइ दिन उमेदवारी दिने घोषणा गरेको भण्डारीले बताउनुभयो।
हेर्नुहोस् भण्डारीको सार्वजनिक प्रतिबद्धता






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |