

काठमाण्डौ । सरकारले अवरोध नभएका सडकमा गाडी चलाउन दिने निर्णय गरेको छ । लामो दूरी र काठमाण्डौ भित्रिने तथा बाहिरिने गाडी सञ्चालनमा लगाइएको रोकावट खुकुलो पार्ने निर्णय गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले अवरोध नभएका सडकमा गाडी चलाउन दिने निर्णय गरेको हो ।
यस्तै बैठकले अवरुद्ध सडकहरूको मर्मत–सम्भार गरी तत्काल खुलाउन सडक विभागलाई लेखी पठाउने निर्णय पनि गरेको छ। त्यसैगरी अत्यावश्यक सेवा राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक गाडी तथा छोटो दूरीमा सञ्चालन हुने गाडीको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तरजिल्ला समन्वयमा आवागमन नियमित गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।
अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्नरनगराउन स्थानीय प्रशासनलाई निर्देशन दिनेसमेत निर्णय भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर दिउँसोदेखि नै काठमाण्डौ भित्रिने र बाहिरिने गाडीलाई सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिनेसहित लामो दूरीका गाडी सञ्चालनमा रोक लगाएकोमा वर्षा रोकिएसँगै गाडीहरूलाई गन्तव्यमा पठाउन थालेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |